Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक

१ माघ २०८१, मंगलवार ११:४१

१ माघ,काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम मार्फत रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ।

काठमाडौंस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा रेड्मी नोट १४ सिरिजका नयाँ फिचरहरू प्रस्तुत गर्दै कम्पनीले स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पु¥याउने तयारी भएको जनाएको छ।

कम्पनीले रेडमी नोट १४ सिरिजमा रेडमी नोट १४, रेडमी नोट १४ ५जी, रेडमी नोट १४ प्रो ५जी र रेडमी नोट १४ प्रो प्लस ५जी गरी ४ मोडेलहरू सार्वजनिक गरेको हो ।

यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिस डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकाले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने कम्पनीको दाबी छ । रेडमी नोट १४ प्रो ५जी बोल्ड डिजाइन र उत्कृष्ट टिकाउ रहेको कम्पनीको भनाइ छ । यसमा आईपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश छ, जसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ ।

ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लु र मिडनाइट ब्ल्याक रङमा बजारमा ल्याइएको यो मोडलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ । यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँछ।

२०० मेगा पिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६-इन-१ पिक्सेल विनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगा पिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगा पिक्सेलको म्याक्रो क्यामरा र २० मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

डायनामिक सट्स, मोसन ट्र्याकिङ फोकस र डुअल भिडियो मोडजस्ता फिचरले गर्दा यस डिभाइसले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउने कम्पनीले जनाएको छ ।

५११० एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ, जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् । नेपाली बजारमा यी मोडलहरूको मूल्य २४ हजार ९ सय ९९ देखि सुरु भई ५४ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्