Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

टिकटकलाई एलन मस्कले किन्न लागेका हुन् ?

१ माघ २०८१, मंगलवार ११:५४

काठमाडौं। चिनियाँ अधिकारीहरूले भिडियो–सेयरिङ प्लेटफर्म टिकटकले चीनबाट तत्काल विनिवेश गर्नुपर्ने अमेरिकी कानूनको सामना गरिरहेको बेला अर्बपति एलन मस्कलाई अमेरिकी टिकटक सञ्चालन बेच्ने सम्भावना खोजिरहेको ब्लुमबर्ग न्युजले सोमबार रिपोर्ट गरेको छ ।

टिकटकका प्रवक्ताले बीबीसी न्यूजलाई भने : “हामीले ‘फ्यान्टेसी’ मा टिप्पणी गर्ने अपेक्षा नगर्नुहोस्।” हालै, ब्लूमबर्गको एक रिपोर्टले दावी गरेको छ कि चिनियाँ अधिकारीहरूले यस्तो विकल्पमा विचार गरिरहेका छन् जसमा यदि अमेरिकी सर्वोच्च अदालतले एपमाथिको प्रतिबन्धलाई कायम राख्छ भने अमेरिकामा यसको व्यापार संसारको सबैभन्दा धनी व्यक्ति अर्थात् एलन मस्कलाई बेच्न सक्छ।

टिकटकले धेरै पटक यसलाई बेच्न नदिने बताएको छ। गएको महिना ट्रम्पले टिकटकको मुद्दामा फैसला ढिला गर्न सर्वोच्चलाई अनुरोध गरेका थिए । टिकटकका प्रमुख कार्यकारी अधिकारी शाउ जि चियूलाई फ्लोरिडास्थित निवासमा भेटेको एक हप्तापछि ट्रम्पले उक्त अनुरोध गरेका थिए । बीबीसीमा छापिएको समाचारबारे सोध्दा कपोकल्पित कुरामा टिप्पणी नदिने टिकटकका प्रवक्ताले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्