Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
खेलकुद

बीबीसीलाई भेट्रान फुटबल उपाधि

१ माघ २०८१, मंगलवार १२:३१

१ माघ, काठमाडौँ। बीबीसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

जावलाखेल मैदानमा भएको फाइनलमा बीबीसीले आयोजक कुसुन्ती ‘बी’ लाई २–० गोलले पराजित ग¥यो । दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बीबीसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे ।

उपाधिसंगै बीबीसीले २ लाख नगद पुरस्कार पायो भने कुसुन्ती ‘बी’ ले १ लाख नगदमा चित्त बुझायो । कुसुन्ती ‘बी’ का सविनबाग श्रेष्ठ उत्कृष्ट खेलाडी, कुसुन्ती ‘बी’ कै प्रदीप तण्डुकार उत्कृष्ट गोलरक्षक र बीबीसीका दीपक लामा उत्कृष्ट डिफेन्डर घोषित भए । तीनैले जनही ५ हजार नगदसहित गिफ्ट भौचर प्राप्त गरे ।

विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अर्को आयोजक ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसी, आयोजक कुसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुस २२ गतेदेखि सुरु प्रतियोगितामा ३० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि कुपण्डोल ४० प्लस भेट्रानले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्