Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
खेलकुद

भद्र घले क्वाटरफाइनलमा

१ माघ २०८१, मंगलवार १२:३५

१ माघ, काठमाडौँ। भद्र घले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भद्र घलेले गोदावरी रेसिडेन्सियल स्कुललाई ४४–१४ ले सहजै पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । भद्र घलेका दीपेन्द्र तोलाङ्गेले २० अंक जोडे ।

सिनियर ब्वाइजकै अन्य खेलमा विल्सन एकेडेमीले केएमसी ‘बी’ लाई ४९–१९, क्यान्भासले एम्बासडरलाई ५२–४१, हेम्सले बाल दीक्षा सदनलाई ४६–३२ र एभरेष्टले भीएस निकेतनलाई ३५–२५ ले हराए । विल्सनका रेहान डंगोलले ९, क्यान्भासका विसन खड्काले २६, हेम्सका सुशांक आचार्यले २९ र एभरेष्टका कृतिक सुवालले २० स्कोर गरे ।

जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले सनसाइनलाई २६–२१ ले पाखा लगायो । पिपुल्सका आयुश सिंहले २२ अंक जोडे । सिनियर गल्र्समा काठमाडौं शिक्षालय विरुद्धको खेलमा निस्ट २४–१३ ले विजयी भयो । निस्टकी संस्कृति पौडेलले ८ स्कोर गरिन् ।

प्रतिक्रिया दिनुहोस्