Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

भद्र घले क्वाटरफाइनलमा

१ माघ २०८१, मंगलवार १२:३५

१ माघ, काठमाडौँ। भद्र घले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भद्र घलेले गोदावरी रेसिडेन्सियल स्कुललाई ४४–१४ ले सहजै पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । भद्र घलेका दीपेन्द्र तोलाङ्गेले २० अंक जोडे ।

सिनियर ब्वाइजकै अन्य खेलमा विल्सन एकेडेमीले केएमसी ‘बी’ लाई ४९–१९, क्यान्भासले एम्बासडरलाई ५२–४१, हेम्सले बाल दीक्षा सदनलाई ४६–३२ र एभरेष्टले भीएस निकेतनलाई ३५–२५ ले हराए । विल्सनका रेहान डंगोलले ९, क्यान्भासका विसन खड्काले २६, हेम्सका सुशांक आचार्यले २९ र एभरेष्टका कृतिक सुवालले २० स्कोर गरे ।

जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले सनसाइनलाई २६–२१ ले पाखा लगायो । पिपुल्सका आयुश सिंहले २२ अंक जोडे । सिनियर गल्र्समा काठमाडौं शिक्षालय विरुद्धको खेलमा निस्ट २४–१३ ले विजयी भयो । निस्टकी संस्कृति पौडेलले ८ स्कोर गरिन् ।

प्रतिक्रिया दिनुहोस्