Trending
चलचित्र ‘धागो’को गीत ‘मेरो सम्झना’ सार्वजनिक     |     आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन     |     ‘काठमाडौँ हारर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि     |     सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     टी–२० विश्वकप छनोट: नेपालसँग ओमान पराजित     |     नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य     |     नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा     |     टी–२० विश्वकप छनोटः ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङमा     |     क्रिकेटः नेपाल टी-२० विश्वकपमा छनोट     |    
बैंक वित्तीय

इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न

१ माघ २०८१, मंगलवार १२:३७

काठमाडौँ। नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको रूपमा स्थापित इसेवाले आर्थिक वर्ष २०८०/८१ को आफ्नो १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

उक्त साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आ.व. २०८०।८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र नगद लाभांस वितरण गर्ने सम्बन्धमा समेत छलफल भएको छ ।

मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्सोरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीसँगै इजी लोन, इ स्पिकर, मर्चेन्ट लिङक जस्ता सुविधाहरुको पनि थालनी गरेको छ ।

मोबाइल टपअपबाट सेवा सुरु गरेको ई–सेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज र बसको टिकट, स्कुल र कलेजको शुल्क, होटल बुकिङ, शेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, इन्स्योरेन्सलगायतका २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानीसँगै इजी लोन, ई–स्पिकर, मर्चेन्ट लिंकजस्ता सुविधाहरूको पनि थालनी गरेको छ । ई–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् भने हालको समयमा १ करोड ३० लाखभन्दा बढी ई–सेवा प्रयोगकर्ता र करिब २ लाख ८० हजार एजेन्टहरू रहेका छन् ।

सभामा ई–सेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री, कार्यकारी प्रमुख अधिकृत जगदीश खड्का तथा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्