Trending
एमाले र नेकपा बिच ३ बुँदे सहमति,प्रदेश सरकारमा सहकार्य     |     चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक     |     सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता     |     घुससहित रंगेहात पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत     |     मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि खोसियो निमित्तको आर्थिक अधिकार     |     विदेशका स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० नेपालीको उद्धार, कम्बोडियाको जेलमा अझै ४९ जना     |     वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |    
बैंक वित्तीय

इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न

१ माघ २०८१, मंगलवार १२:३७

काठमाडौँ। नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको रूपमा स्थापित इसेवाले आर्थिक वर्ष २०८०/८१ को आफ्नो १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

उक्त साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आ.व. २०८०।८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र नगद लाभांस वितरण गर्ने सम्बन्धमा समेत छलफल भएको छ ।

मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्सोरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीसँगै इजी लोन, इ स्पिकर, मर्चेन्ट लिङक जस्ता सुविधाहरुको पनि थालनी गरेको छ ।

मोबाइल टपअपबाट सेवा सुरु गरेको ई–सेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज र बसको टिकट, स्कुल र कलेजको शुल्क, होटल बुकिङ, शेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, इन्स्योरेन्सलगायतका २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानीसँगै इजी लोन, ई–स्पिकर, मर्चेन्ट लिंकजस्ता सुविधाहरूको पनि थालनी गरेको छ । ई–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् भने हालको समयमा १ करोड ३० लाखभन्दा बढी ई–सेवा प्रयोगकर्ता र करिब २ लाख ८० हजार एजेन्टहरू रहेका छन् ।

सभामा ई–सेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री, कार्यकारी प्रमुख अधिकृत जगदीश खड्का तथा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्