Trending
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची     |     यात्रुवहाक बस दुर्घटना : ११ जना घाइते     |     ठमेलबाट अपहरणमा परे चिनियाँ नागरिक !     |     तेश्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस     |     पहिलो दिन रैथाने एग्री प्रोडक्टको कार्यालयमा अन्तरकृया कार्यक्रम सम्पन्न     |     रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण     |     समाजवादी मोर्चाको बैठक आज बस्दै     |     भैंसी चराउन गएका ४ जनामाथि गैंडाको आक्रमण, एकको मृत्यु     |     काठमाडौंका गल्लीमा ड्राइराइजर विस्तार     |     इसान कप फुटबल     |    
समाचार

काठमाडौंका गल्लीमा ड्राइराइजर विस्तार

१ माघ २०८१, मंगलवार १५:०९

१ माघ, काठमाडौँ। दमकल जान नसक्ने काठमाडौंका साँघुरा गल्लीहरुमा काठमाडौं महानगरपालिकाले ड्राइराइजर विस्तार गरेको छ। आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन ड्राइराइजर जडान  गरिएको महानगरले जनाएको छ।

बारुण नियन्त्रकहरूले सोमबार काठमाडौंको मैजुबहाल, महांकाल क्षेत्रमा आज यसको परीक्षण गरेका छन्। दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ ।

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिने महानगरले जनाएको छ ।

महानगरको केन्द्रबाट कार्यान्वयनमा आएका योजनामा वडा ३ को सुरुङ् गल्लीमा ८२ मिटर, वडा नं. ७ को कुटी गल्लीमा २०७ मिटर, वडा नं. ६ को संगम टोलमा २२८.२० मिटर पाइप जडान भएको छ । वडा नम्बर १० का ५ वटा गल्लीमा प्रणाली जडान भएको छ ।

मंगल गल्लीमा २२५ मिटर, मुल्मी गल्लीमा १२० मिटर, घण्टी गल्लीमा २०० मिटर, तीनधारा गल्लीमा २५ मिटर र कलाकार गल्लीमा १७२ मिटरको पाइप जडान भएको हो ।

वडा नम्बर १५ को जगडोल टोल अन्नपूर्ण चोकमा ३७३ मिटर, वडा नम्बर १६ को फुलबारी गल्लीमा १६७.८० मिटर र बगैँचा गल्लीमा २५२.५५ मिटर, वडा नं. १७ को कालधारा गल्लीमा २५३.२० मिटर, जोगीपाखा मार्गमा ४९.८० मिटर र ज्यापू मार्गमा १७४.२० मिटर पाइप जडान भएको विपद व्यवस्थापन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्