Trending
इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगियो     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     साउदी अरेबियामाथि स्पेनको फराकिलो जित     |     सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री     |     दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा     |     प्रधानमन्त्री बालेनले संसद‍्‍मा उठेका प्रश्नको जवाफ रास्वपा महाधिवेशनबाट दिए     |     प्रधानमन्त्रीले भने- आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ     |     बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने     |     बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |    
समाचार

यही संविधानको जगबाट नेपाललाई समृद्ध बनाउन सकिन्छ : शेखर कोइराला

३ आश्विन २०८१, बिहीबार ०३:५९

३ असोज, काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरुलाई सम्बोधन गरेको बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यही संविधानको जगबाट देशलाई समृद्ध बनाउन सकिने उल्लेख गरेका छन् । वर्तमान संविधान निर्माण प्रक्रिया आज भन्दा सात दशक अगाडि सुरु भएको भन्दै उनले जनप्रतिनिधिद्वारा देशको संविधान निर्माण गर्ने परिकल्पना सर्वप्रथम नेपाली कांग्रेसको नेतृत्वमा यस पार्टीका मूर्धन्य नेता एवं महामानव विपी कोइरालाबाट भएको स्मरण गरे ।

‘संविधानतः सवै नेपाली नागरिक समान छन भन्ने कुरा व्यवहारमा नदेखिदा राज्यमाथि आम मानिसको भरोसा र विश्वास संकटमा परेको छ । कार्यकारीमा वस्ने नेतृत्वको शक्तिको असिमित चाहनाले संविधानको मूल मर्म “शक्ति पृथकीकरणको सिद्धान्त” लाई नै चोट पुग्न गयो’,कोइरालाले भनेका छन्।

कोइरालाले नेपालका संवैधानिक निकायको गरिमा र भूमिकामाथि आम नेपालीले प्रश्न उठाएको भन्दैयसको पछाडि कार्यकारीबाट गरिने मिचाहा प्रवृत्ति जिम्मेवार रहेको जनाएका छन्। ‘राज्य संचालनका यस्ता निकायहरूमा सक्षम, योग्य र इमान्दार मानिसहरुलाई पञ्छाएर ‘आफ्नो मान्छे भर्ना गर्ने सामन्तवादी सोचबाट हामी कहिले मुक्त हुने?’, उनले प्रश्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस्