Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

यही संविधानको जगबाट नेपाललाई समृद्ध बनाउन सकिन्छ : शेखर कोइराला

३ आश्विन २०८१, बिहीबार ०३:५९

३ असोज, काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरुलाई सम्बोधन गरेको बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यही संविधानको जगबाट देशलाई समृद्ध बनाउन सकिने उल्लेख गरेका छन् । वर्तमान संविधान निर्माण प्रक्रिया आज भन्दा सात दशक अगाडि सुरु भएको भन्दै उनले जनप्रतिनिधिद्वारा देशको संविधान निर्माण गर्ने परिकल्पना सर्वप्रथम नेपाली कांग्रेसको नेतृत्वमा यस पार्टीका मूर्धन्य नेता एवं महामानव विपी कोइरालाबाट भएको स्मरण गरे ।

‘संविधानतः सवै नेपाली नागरिक समान छन भन्ने कुरा व्यवहारमा नदेखिदा राज्यमाथि आम मानिसको भरोसा र विश्वास संकटमा परेको छ । कार्यकारीमा वस्ने नेतृत्वको शक्तिको असिमित चाहनाले संविधानको मूल मर्म “शक्ति पृथकीकरणको सिद्धान्त” लाई नै चोट पुग्न गयो’,कोइरालाले भनेका छन्।

कोइरालाले नेपालका संवैधानिक निकायको गरिमा र भूमिकामाथि आम नेपालीले प्रश्न उठाएको भन्दैयसको पछाडि कार्यकारीबाट गरिने मिचाहा प्रवृत्ति जिम्मेवार रहेको जनाएका छन्। ‘राज्य संचालनका यस्ता निकायहरूमा सक्षम, योग्य र इमान्दार मानिसहरुलाई पञ्छाएर ‘आफ्नो मान्छे भर्ना गर्ने सामन्तवादी सोचबाट हामी कहिले मुक्त हुने?’, उनले प्रश्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस्