Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

समाजवादी मोर्चाको बैठक आज बस्दै

२ माघ २०८१, बुधबार ०२:५२

२ माघ, काठमाडौँ। आज समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउनका लागि आज बैठक बोलाइएको छ ।

बैठकमा नेकपा मा‌ओवादी केन्द्रका पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत शीर्ष नेताहरूको उपस्थिति रहने छ। बैठकले आगामी रणनीति तयसमेत गर्ने बताइएको छ।

समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ। समाजवादी मोर्चा सक्रिय बनाउने विषयमा केही दिन अगाडि प्रचण्ड र नेपालबीच छलफल भएको थियो।

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको समयमा जसपा नेपालविभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाउँदै मोर्चामा निष्क्रिय बनेका थिए।  समाजवादी मोर्चामा रहेपनि पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने समाजवादी कार्यक्रम तय नगरी समाजवादी मोर्चा बनाउनु गलत भएको भन्दै विरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्