Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

समाजवादी मोर्चाको बैठक आज बस्दै

२ माघ २०८१, बुधबार ०२:५२

२ माघ, काठमाडौँ। आज समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउनका लागि आज बैठक बोलाइएको छ ।

बैठकमा नेकपा मा‌ओवादी केन्द्रका पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत शीर्ष नेताहरूको उपस्थिति रहने छ। बैठकले आगामी रणनीति तयसमेत गर्ने बताइएको छ।

समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ। समाजवादी मोर्चा सक्रिय बनाउने विषयमा केही दिन अगाडि प्रचण्ड र नेपालबीच छलफल भएको थियो।

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको समयमा जसपा नेपालविभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाउँदै मोर्चामा निष्क्रिय बनेका थिए।  समाजवादी मोर्चामा रहेपनि पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने समाजवादी कार्यक्रम तय नगरी समाजवादी मोर्चा बनाउनु गलत भएको भन्दै विरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्