Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण

२ माघ २०८१, बुधबार ०२:५९

२ माघ, काठमाडौँ। युक्रेनले रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण’ गरेको छ । युक्रेनले रुसका धेरै स्थानमा आक्रमण गरेको छ । युक्रेन–रुस युद्धपछिको सबैभन्दा ठूलो आक्रमण भएको युक्रेनले दाबी गरेको बीबीसीले जनाएको छ ।

त्यसक्रममा रुसका थुप्रै स्थानहरूमा आक्रमण गरिएको युक्रेनले दावी गरेको छ । युक्रेनको सशस्त्र बलले रुसका थुप्रै स्थानहरूलाई गोलाबारुद तथा रासायनिक संयन्त्रले निशाना साँधेको जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । यसमध्ये केही सीमाभन्दा सयौँ किलोमिटर टाढाका स्थानहरू पनि समावेश छन् ।

युक्रेनको खुफिया एजेन्सी सूत्रलाई हवाला दिँदै बीबीसीले लेखेको छ- रातभरको आक्रमणका कारण रुसको युद्ध लड्ने क्षमतामाथि पीडादायी प्रहार भएको छ । र, यसले रुसलाई झट्का लागेको छ ।

युक्रेनको खुफिया एजेन्सीले बीबीसीलाई यो हमला रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छ । तर, रुसले युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्ट्रोम स्याडो क्रुज मिसाइललाई खसालेको बताएको छ । रुसले पनि यो आक्रमणको छिट्टै जवाफ दिने बताएको छ । युक्रेनी आक्रमणका कारण दक्षिणपश्चिमी रुसी सहर सारातोवका विद्यालयहरू बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्