Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण

२ माघ २०८१, बुधबार ०२:५९

२ माघ, काठमाडौँ। युक्रेनले रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण’ गरेको छ । युक्रेनले रुसका धेरै स्थानमा आक्रमण गरेको छ । युक्रेन–रुस युद्धपछिको सबैभन्दा ठूलो आक्रमण भएको युक्रेनले दाबी गरेको बीबीसीले जनाएको छ ।

त्यसक्रममा रुसका थुप्रै स्थानहरूमा आक्रमण गरिएको युक्रेनले दावी गरेको छ । युक्रेनको सशस्त्र बलले रुसका थुप्रै स्थानहरूलाई गोलाबारुद तथा रासायनिक संयन्त्रले निशाना साँधेको जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । यसमध्ये केही सीमाभन्दा सयौँ किलोमिटर टाढाका स्थानहरू पनि समावेश छन् ।

युक्रेनको खुफिया एजेन्सी सूत्रलाई हवाला दिँदै बीबीसीले लेखेको छ- रातभरको आक्रमणका कारण रुसको युद्ध लड्ने क्षमतामाथि पीडादायी प्रहार भएको छ । र, यसले रुसलाई झट्का लागेको छ ।

युक्रेनको खुफिया एजेन्सीले बीबीसीलाई यो हमला रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छ । तर, रुसले युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्ट्रोम स्याडो क्रुज मिसाइललाई खसालेको बताएको छ । रुसले पनि यो आक्रमणको छिट्टै जवाफ दिने बताएको छ । युक्रेनी आक्रमणका कारण दक्षिणपश्चिमी रुसी सहर सारातोवका विद्यालयहरू बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्