Trending
‘कोशेढुंगा’ चलचित्रको तीज गीत सार्वजनिक     |     ‘होस्टेल ३’को समूहबाटै ‘होस्टेल अगेन’ घोषणा, यो पटक थ्रिलर कथा     |     एमाले केन्द्रीय बैठकमा विधान संशोधन र संगठन प्रस्तावमा बहस     |     साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई     |     पदम गिरीको दाबी : “मिसन ०८४” सफल बनाउन ओलीको निरन्तर नेतृत्व अपरिहार्य     |     आज सुनको मूल्य कति छ ?     |     साफ यू-२० महिला च्याम्पियनसिपका लागि आज नेपाल र बंगलादेश भिड्दै     |     पूजा आराधना गर्न पशुपतिनाथ मन्दिरको चारै ढोका खुला     |     कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट     |     आज देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना     |    
समाचार

पहिलो दिन रैथाने एग्री प्रोडक्टको कार्यालयमा अन्तरकृया कार्यक्रम सम्पन्न

२ माघ २०८१, बुधबार ०३:११

काठमाडौँ। प्रत्येक बर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने यो तस्रो बर्ष हो । सोहि बमोजिम माघको पहिलो हप्तालाई कृषि जैविक विविधता सप्ताहकै रुपमा मनाउने गरिएको छ।

स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने नाराका साथ माघ १ गते देखि ७ गतेसम्म मनाउने कार्यक्रम मध्ये पहिलो दिन रैथाने एग्री प्रोडक्टको केन्द्रिय कार्यालयमा विभिन्न ब्यक्तित्वको विच अन्तरकृया कार्यक्रम सम्पन्न भयो।

रैथाने एग्री प्रोडक्टको कार्यालयमा आयोजित कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा, उत्तरगया गाउपालिका अध्यक्ष माधव अर्याल, नेपाल युवा परिषदका अध्यक्ष सरोज बानिया लगायतका कुषि विज्ञ, रैथाने बालि उत्पादक कृषक र स्थानियहरुको विच अन्तरकृया कार्यक्रम सम्पन्न भयो।

नेपालमा विभिन्न जातजातिका साँस्कृतिक चाड मध्ये यस माघे संक्रान्तिलाई चाकु तरुल खाने दिनको रुपमा पनि लिइन्छ । यो दिन चाकु, खिचडी, तिलका लड्डु लगायतका परिकार पनि खाने गरिन्छ । साथै, चाकु र तरुल पनि उत्तिकै लोकप्रिय छ । पुष र माघ तरुलको ‘सिजन’ पनि यही बेला हुन्छ।

कृषि जैविक विविधताको महत्व र यसको संरक्षणको आवश्यकताबारे प्रचार प्रसार र कृषि जैविक विविधताको संरक्षण र प्रवद्र्धन सम्बन्धि कृयाकलापले भावीपुस्तामा यी बालीहरुको उत्पादन र विउ हस्तान्तरणका लागी यो दिवस मनाउनु आवश्यक रहेको रैथाने एग्री प्रोडक्टका ढकालले बताउनु भयो ।

कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा र गरिव तथा सिमान्तकृत समुदायको जिविकोपार्जनको प्रमुख आधार हो । नेपालको संविधानमा जैविक स्रोतहरुको संरक्षण र दिगो उपयोगलाई उच्च महत्व दिइ राज्यको नीतिमा उल्लेख गरिएको छ भने जैविक विविधता संरक्षणमा तिनै तहको सरकारको भूमिका रहने उल्लेख छ।

उत्तरगया गाउपालिका अध्यक्ष माधव अर्यालका अनुसार कृषि जैविक विविधताको महत्व र यसको संरक्षण बारे आम सर्वसाधारण र सरोकारवाला सबै पक्षहरु जानकार र सचेत भई तिनको संरक्षण र दिगो उपयोगमा जोड दिनुपर्ने टड्कारो आवश्यकता देखिने बताउनु भयो।

उनले भने नेपालमा करिव २४ हजार जीवित प्रजातिहरुका रहेका र सोमध्ये करिव एक तिहाइमा कृषि क्षेत्रले योगदान गर्ने गरेको परिप्रेक्ष्यमा कृषि जैविक विविधताको महत्वपूर्ण स्थान रहेको भए तापनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेति प्रणालीका कतिपय नकरात्मक प्रभावका कारण समग्र जैविक विविधताको अलवा कृषि जैविक विविधताको ह्रासलाई तिव्र बनाएको छ।

हाम्रो स्थानिय विउ तथा बालि करिव ४० प्रतिशत लोप भै सकेको हुनसक्ने अनुमान गरिएको छ । त्यसैगरि हाम्रा कैयन सामाजिक, धार्मिक तथा साँस्कृतिक परम्परा एवं अवसरहरु कृषि जैविक विविधतासंग जोडिएका भएता पनि त्यस्ता विशेष पर्व वा अवसरहरुमा अन्तरनिहित कृषि जैविक विविधतासंग सम्वन्धित पक्षहरुलाई अपेक्षित रुपमा उजागर एवं प्रचार प्रसार गर्न नसकिएको प्रमुख देवकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्