Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

ठमेलबाट अपहरणमा परे चिनियाँ नागरिक !

२ माघ २०८१, बुधबार ०३:५५

२ माघ, काठमाडौँ। काठमाडौँबाट अपहरण गरेर मकवानपुरको जंगलमा पुर्‍याएका चिनियाँ नागरिकको उद्धारको प्रयास भइरहेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चिनियाँ नागरिकको उद्धार गरिसकेको छैन। तर अपहरणमा संलग्न रहेको आरोपमा चार जना भारतीयलाई भने पक्राउ गरेको अनुसन्धान कार्यालय स्रोतले जानकारी दिएको छ।

पक्राउ पर्नेमा चारै जना भारतीय नागरिक छन्। उनीहरूले मंगलबार साँझ चिनियाँ नागरिकलाई काठमाडौँको ठमेलबाट अपहरण गरेर नै भारत लैजान लागेको आशंका प्रहरीको छ।

अहिले चिनियाँ नागरिकको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ। चार जना भारतीय नागरिकले ठमेलको नर्सिङचोकबाट चिनियाँ नागरिकलाई जबरजस्ती गाडीमा हालेका थिए। उनीहरुले दक्षिणकालीबाट फर्पिङ हुँदै भिमफेदीको जंगलमा पुर्‍याएपछि चिनियाँ नागरिक भागेको प्रहरी स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्