Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

ठमेलबाट अपहरणमा परे चिनियाँ नागरिक !

२ माघ २०८१, बुधबार ०३:५५

२ माघ, काठमाडौँ। काठमाडौँबाट अपहरण गरेर मकवानपुरको जंगलमा पुर्‍याएका चिनियाँ नागरिकको उद्धारको प्रयास भइरहेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चिनियाँ नागरिकको उद्धार गरिसकेको छैन। तर अपहरणमा संलग्न रहेको आरोपमा चार जना भारतीयलाई भने पक्राउ गरेको अनुसन्धान कार्यालय स्रोतले जानकारी दिएको छ।

पक्राउ पर्नेमा चारै जना भारतीय नागरिक छन्। उनीहरूले मंगलबार साँझ चिनियाँ नागरिकलाई काठमाडौँको ठमेलबाट अपहरण गरेर नै भारत लैजान लागेको आशंका प्रहरीको छ।

अहिले चिनियाँ नागरिकको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ। चार जना भारतीय नागरिकले ठमेलको नर्सिङचोकबाट चिनियाँ नागरिकलाई जबरजस्ती गाडीमा हालेका थिए। उनीहरुले दक्षिणकालीबाट फर्पिङ हुँदै भिमफेदीको जंगलमा पुर्‍याएपछि चिनियाँ नागरिक भागेको प्रहरी स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्