Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

यात्रुवहाक बस दुर्घटना : ११ जना घाइते

२ माघ २०८१, बुधबार ०४:१४

२ माघ, काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।

मे १ ख २५४५ नम्बरको नागरिक बस काकडभिट्टाबाट धरानतर्फ जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको हो। घटनामा घाइते भएकामध्ये केहीलाई टाउको, ढाड र हातमा चोट लागेको छ भने सबैको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी बिएण्डसी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

बसका चालक झापाको मेचिनगर नगरपालिका–१० धुलाबारी बस्ने ५४ वर्षीय टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। दुर्घटनामा मोरङको बिराटनगर– ३ बस्ने गुणा कोईराला, दिपा निरौला, म्यारी निरौला(सामान्य, निर्मला निरौला, शर्मिला कोईराला घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्