Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

यात्रुवहाक बस दुर्घटना : ११ जना घाइते

२ माघ २०८१, बुधबार ०४:१४

२ माघ, काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।

मे १ ख २५४५ नम्बरको नागरिक बस काकडभिट्टाबाट धरानतर्फ जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको हो। घटनामा घाइते भएकामध्ये केहीलाई टाउको, ढाड र हातमा चोट लागेको छ भने सबैको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी बिएण्डसी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

बसका चालक झापाको मेचिनगर नगरपालिका–१० धुलाबारी बस्ने ५४ वर्षीय टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। दुर्घटनामा मोरङको बिराटनगर– ३ बस्ने गुणा कोईराला, दिपा निरौला, म्यारी निरौला(सामान्य, निर्मला निरौला, शर्मिला कोईराला घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्