Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२ माघ २०८१, बुधबार ०४:१८

२ माघ, काठमाडौँ। संघीय संसद अन्तर्गत आज चार वटा समितिको बैठक बस्दै छ ।

संसद सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिने भएको छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक भने बिहान ११ः३० बजेबाट सुरू हुनेछ। जहाँ नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० को सार्वजनीकरण र छलफल हुने जनाइएको छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै एजेण्डाले निरन्तरता पाउनेछ । जसअनुसार तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्