Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

सर्वोच्च अदालतले सांसद चौधरीको पद जोगियो, सर्वोच्चले खारेज गर्‍यो रिट

२ माघ २०८१, बुधबार १३:१८

२ माघ, काठमाडौं । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरीको पद जोगिएको छ । सर्वोच्च अदालतले सांसद चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएसँगै उनको पद जोगिएको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीहरू सपना मल्ल प्रधान,कुमार रेग्मी,हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले चौधरी सांसद बन्न योग्य हुन् या होइनन् भन्ने विषयको निर्क्यौल गर्नेछ।

मुद्दामाथि सुनुवाइका लागि १६ पटक पेशी तोकिएको थियो।  २९ चैत्र २०७९ मा बसेको संवैधानिक  इजलासले  मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी नहुने भन्दै अग्राधिकार दिएको थियो।  बीचमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन।

संवैधानिक इजलासले १७ पुसमा मुद्दाको निर्णय सुनाउने मिति तोकेको थियो। तर मिति सारेर आज सर्वोच्चले मुद्दाको निर्णय सुनाउने भएको हो।अधिवक्ता वसन्त जोशीले चौधरीले फौजदारी मुद्दामा कैद बाँकी नै रहेको अवस्थामा ढाँटेर उम्मेदवारी दर्ता गराएकाले सांसद पद खारेजीको माग गर्दै २०७९ चैत्र १६ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

निर्वाचन आयोग,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,संघीय संसद सचिवलाय,राष्ट्रपति कार्यालय र अरुण कुमार चौधरीलाई रिट निवेदनमा प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्