Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सर्वोच्च अदालतले सांसद चौधरीको पद जोगियो, सर्वोच्चले खारेज गर्‍यो रिट

२ माघ २०८१, बुधबार १३:१८

२ माघ, काठमाडौं । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरीको पद जोगिएको छ । सर्वोच्च अदालतले सांसद चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएसँगै उनको पद जोगिएको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीहरू सपना मल्ल प्रधान,कुमार रेग्मी,हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले चौधरी सांसद बन्न योग्य हुन् या होइनन् भन्ने विषयको निर्क्यौल गर्नेछ।

मुद्दामाथि सुनुवाइका लागि १६ पटक पेशी तोकिएको थियो।  २९ चैत्र २०७९ मा बसेको संवैधानिक  इजलासले  मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी नहुने भन्दै अग्राधिकार दिएको थियो।  बीचमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन।

संवैधानिक इजलासले १७ पुसमा मुद्दाको निर्णय सुनाउने मिति तोकेको थियो। तर मिति सारेर आज सर्वोच्चले मुद्दाको निर्णय सुनाउने भएको हो।अधिवक्ता वसन्त जोशीले चौधरीले फौजदारी मुद्दामा कैद बाँकी नै रहेको अवस्थामा ढाँटेर उम्मेदवारी दर्ता गराएकाले सांसद पद खारेजीको माग गर्दै २०७९ चैत्र १६ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

निर्वाचन आयोग,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,संघीय संसद सचिवलाय,राष्ट्रपति कार्यालय र अरुण कुमार चौधरीलाई रिट निवेदनमा प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्