Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

रविको मुद्दामा आदेश आउँदै, रास्वपा नेताहरू पनि अदालतमा

२ माघ २०८१, बुधबार १३:२५

२ माघ, काठमाडौं। स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेविरूद्धको मुद्दामा थुनछेकसम्बन्धी आदेश आउँदै छ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा गत आइतबारदेखि बयान र बहस भइरहेको छ । स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा गएको र त्यो पैसा खर्च गर्नेमा लामिछानेको समेत भूमिका रहेको भन्दै उनलाई प्रतिवादी बनाइएको छ ।

जिल्ला अदालत अगाडि ठूलो संख्यामा रास्वपाका समर्थकहरू उपस्थित भएका छन् । रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, सांसदहरू डा. चन्दा कार्की, सोविता गौतम, हरि ढकाल, रविकी श्रीमती निकिता अदालत पुगेका हुन् । उनीहरू इजलासबाहिर रविसँग बसेर आदेश कुरिरहेका छन् ।

रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, सांसदहरू डा चन्दा कार्की, सोविता गौतम, हरि ढकाल, रविकी श्रीमती निकिता अदालत पुगेका हुन्। उनीहरू इजलासबाहिर रविसँग बसेर आदेश कुरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्