Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

सबै प्रदेशमा आपत्कालीन गोदाम घर हस्तान्तरणको तयारी : गृहमन्त्री

२ माघ २०८१, बुधबार १३:३२

२ माघ, काठमाडौं। गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् ।

कीर्तिपुरमा बुधबार आयोजित २७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्धार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मी तयार भएको जानकारी दिँदै सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताए।

उनले विपद्को समयमा अत्यावश्यक सामग्रीको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालनसम्बन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए।

“आगामी दिनमा भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियालाई थप प्रभावकारी बनाएर लगिनेछ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारी निकाय, निजी क्षेत्र र गैरसरकारी संस्थालगायत समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ।” सचेतना बढाउन परम्परागतसँगै नयाँ प्रविधिलाई अधिकतम प्रयोग गरिने उनको भनाइ थियो।

जाजरकोटलगायत भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन रु ५० हजार सहयोग गर्ने अस्थायी निर्माणसम्वन्धी मापदण्ड मन्त्रीपरिषद्बाट स्वीकृत भई लागू भइसककेको गृहमन्त्री लेखकले जानकारी दिए। “स्थायी आवास निर्माणसम्बन्धी कार्यविधि कार्य समितिको बैठकबाट पारित भइसकेको छ”, उनले भने, “जाजरकोट भूकम्पबाट भएको क्षतिको आकलन यसै महिनादेखि प्रारम्भ गरिनेछ।”- रासस

प्रतिक्रिया दिनुहोस्