Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

बालेनको प्रतिक्रिया, ‘टुँडिखेल र खुलामञ्च कार्यकर्तालाई दिने अध्यादेश’

२ माघ २०८१, बुधबार १३:५६

२ माघ, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति कार्यालयबाट जारी भएको भूमिसम्बन्धी अध्यादेशमाथि कटाक्ष गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका थिए।

सरकारमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) प्रति लक्ष्य गर्दै मेयर शाहले खोला तथा खुलामञ्चका जग्गा बाँड्न अध्यादेश ल्याएको भन्दै असन्तुष्टि जनाएका हुन्।

‘अब खोला मात्रै हैन, टुँडिखेल खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरूलाई।’

प्रतिक्रिया दिनुहोस्