Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

बालेनको प्रतिक्रिया, ‘टुँडिखेल र खुलामञ्च कार्यकर्तालाई दिने अध्यादेश’

२ माघ २०८१, बुधबार १३:५६

२ माघ, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति कार्यालयबाट जारी भएको भूमिसम्बन्धी अध्यादेशमाथि कटाक्ष गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका थिए।

सरकारमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) प्रति लक्ष्य गर्दै मेयर शाहले खोला तथा खुलामञ्चका जग्गा बाँड्न अध्यादेश ल्याएको भन्दै असन्तुष्टि जनाएका हुन्।

‘अब खोला मात्रै हैन, टुँडिखेल खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरूलाई।’

प्रतिक्रिया दिनुहोस्