Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

यी प्रदेशमा हिमपात र वर्षाको सम्भावना

३ माघ २०८१, बिहीबार ०२:२०

३ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।यसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ ।

आज दिउँसो गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकीको तराई क्षेत्रमा भने आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम बिज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।

सुदूरपश्चिममा आज राति भने हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।

कर्णाली प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्