Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

यी प्रदेशमा हिमपात र वर्षाको सम्भावना

३ माघ २०८१, बिहीबार ०२:२०

३ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।यसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ ।

आज दिउँसो गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकीको तराई क्षेत्रमा भने आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम बिज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।

सुदूरपश्चिममा आज राति भने हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।

कर्णाली प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्