Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न

३ माघ २०८१, बिहीबार ११:४४

३ माघ, काठमाडौं। ललितपुरस्थित डीएभी कलेजले तेस्रो बीसीए अन्तर-कलेज फुटसल कप पुष २९ देखि माघ २ गतेसम्म भव्य रूपमा सम्पन्न गरेको छ ।

डीएभी कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बीसीए कलेज सम्बद्ध २४ टिमको सहभागीता रहेको थियो ।

टुर्नामेन्टको उद्घघाटन सत्रमा, लुम्बिनी बुटवलका स्ट्राइकर जिलेस्पी जङ्ग कार्की, डीएभी कलेजका अध्यक्ष अनिल केडिया, त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक विज्ञान संकायका सहायक डिन चिरञ्जीवी आचार्य, डीएभी कलेजका चिफ एकेडेमीक एडभाइजर एसोसिएट प्रोफेसर मनोजकुमार चौधरी, शिलापत्र डटकमका अध्यक्ष विनय खकुरेल, त्रिशुली भिल्लाका जनरल म्यानेजर सन्देश दवाडी र बीसीए कलेजका एकेडेमिक हेड शशि भूषण चतुर्वेदी सहभागी भई खेलाडीहरूलाई हौषला प्रदान गरेका थिए ।

उद्घाटन सत्रमा सहभागी कलेजहरूका प्रतिनिधि शिक्षक र कर्मचारीहरूसमेत उपस्थित भई खेलमा थप रौनकता प्रदान गरेका थिए । बीसीए कलेजहरू बीच नेपालमै प्रथम पटक आयोजना गरिएको बीसीए कप मेन्स इन्टरकलेज फुटसल टुर्नामेन्टलाई निरन्तरता दिँदै तेस्रो संकरण आयोजना गरिएको डीएभी कलेजले जनाएको छ ।

यस वर्ष नागार्जुन कलेजले डीएभी बीसीए अन्तर-कलेज कप र नगद पुरस्कार एक लाख पचास हजार रूपैयाँ हात पार्‍याे । प्रथम विजेता टोलीलाई त्रिशुली भिल्लाले समेत फ्री र्‍याफ्टिङ प्याकेज प्रदान गर्‍याे । त्यसैगरी, रनर-अप स्थान हासिल गर्दै पास्कल कलेजले ७५ हजार रूपैयाँसहित रनर-अप ट्रफी हात पार्‍याे ।

उक्त प्रतियोगितामा पास्कल कलेजका आभाष योञ्जनले वेस्ट प्लेयर अर्वाड हात पारे । साथै नागार्जुन कलेजका खेलाडीद्वय रिषभ श्रेष्ठले वेस्ट गोलकिपर अर्वाड र श्रेवन श्रेष्ठले वेस्ट स्कोर अर्वाड जित्न सफल भए ।

विजेता र उपविजेता दुवै टोलीलाई मेडलसहित मेरीट सर्टिफिकेटद्वारा समेत सम्मान गरिएको थियो । सम्मान समारोहमा अध्यक्ष अनिल केडियालगायत कलेजका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । टुर्नामेन्टलाई भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न एन्फा आबद्ध रेफ्रीद्वय उज्वल लिम्बु र मधुकर आचार्यको योगदान रहेको थियो ।

टुर्नामेन्ट अवधिभर सहभागी कलेजका विद्यार्थी र शिक्षकहरू गरी करिब पाँच हजार दर्शकहरूको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता डीएभी इभेन्ट क्लबको आयोजना र डिएभी कलेजको सर्मथनमा सञ्चालन गरिएको हो ।

टुर्नामेन्टको सञ्चालन विभागीय प्रमुख सुदिप अधिकारी, वीज्जीडिएभी ईभेन्ट क्लबका प्रेसीडेन्ट र रहिता शाक्य, भाइसप्रेसीडेन्ट मनश्री शाक्य र सेक्रेटरी महेश्वर सिलवालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्