Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

साइबर ब्यूरोको आग्रह- झूटा इमेलहरूको कुनै प्रतिक्रिया नदिनू

३ माघ २०८१, बिहीबार १२:०२

३ माघ, काठमाडौं। प्रहरीका विशिष्टीकृत कार्यालय र उच्च अधिकारीको नाम प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई इमेल पठाइएको भन्दै त्यसबारे सचेत रहन अनुरोध गरेको छ।

सीआईबी प्रवक्ता दीपक राज अवस्थीले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ता घटनाप्रति ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् । साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरू होक्स (झूटो) भएको भन्दै कुनै प्रतिक्रिया नदिन आग्रह गरिएको छ ।

‘नेपाल प्रहरी साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू HOAX इमेल भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न हुन साथै कुनै प्रतिक्रिया (Reply) नदिनुहुन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ,’ सीआईबी प्रवक्ता अवस्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्