Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

साइबर ब्यूरोको आग्रह- झूटा इमेलहरूको कुनै प्रतिक्रिया नदिनू

३ माघ २०८१, बिहीबार १२:०२

३ माघ, काठमाडौं। प्रहरीका विशिष्टीकृत कार्यालय र उच्च अधिकारीको नाम प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई इमेल पठाइएको भन्दै त्यसबारे सचेत रहन अनुरोध गरेको छ।

सीआईबी प्रवक्ता दीपक राज अवस्थीले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ता घटनाप्रति ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् । साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरू होक्स (झूटो) भएको भन्दै कुनै प्रतिक्रिया नदिन आग्रह गरिएको छ ।

‘नेपाल प्रहरी साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू HOAX इमेल भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न हुन साथै कुनै प्रतिक्रिया (Reply) नदिनुहुन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ,’ सीआईबी प्रवक्ता अवस्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्