Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको १५ प्रतिशत काम सकियो

३ माघ २०८१, बिहीबार १२:११

३ माघ,चितवन। भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ ।

महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो ।चितवन ।

महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल १ सय ५० मजदुरले दैनिक काम गरिरहेका छन् । दुई दिनपछि कामदार थप गरी २ सय १० पुर्‍याइने जनाउँदै उनले चाडपर्वका समयमा निर्माणमा केही ढिलाइ भए पनि मजदुर थप गरेर लक्ष्यअनुरुप कामलाई तीव्र बनाइएको बताए ।

प्यारापिटको ढलानका लागि डण्डी बाँध्ने, दुईवटै टावरमा पिल्लर राख्ने, नालाको ढकनी बनाउनेलगायत काम भइरहेका इन्जिनियर आचार्यले जानकारी दिए । उनले भने, ‘हामीले १५ प्रतिशत हाराहारी काम गरेका छाैँ । बजेटको समस्या नभएमा तोकिएको समयमा निर्माण सम्पन्न हुनेछ । हालसम्म निर्माण कम्पनीलाई ६ करोड ६० लाख अग्रिम भुक्तानी गरिएको छ ।’

महानगर प्रमुख रेनु दाहालले प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको जानकारी दिइन् । संघीय सरकारले चालु आर्थिक यस वर्ष विनियोजन गरेको २५ करोड भने आइनसकेको उनले बताइन् । शहरी विकास मन्त्रालयबाट फाइल अर्थ मन्त्रालयमा पुगिसकेकाले यथाशीघ्र बजेट निकासा हुने उनले विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्