Trending
प्रताप दास र अन्नु चौधरीको गीतमा जापानका मोडल शिरीषको अभिनय     |     कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली     |     सुर्खेतमा चार घण्टा रोकिएपछि प्रधानमन्त्री ओली हुम्लातर्फ उडे     |     गुण्डा परिचालनगरि ४४ परिवारको जमिन कब्जा ?     |     राष्ट्रिय श्रष्टा प्रतिष्ठानको महासचिवमा सनम कठायत चयन     |     गरिखाने शिक्षा प्रणालीमा सरकारको जोड : मन्त्री भण्डारी     |     नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित     |     यी भूभागमा धेरै भारी वर्षाको सम्भावना     |     पर्यटन सहकारीकर्मीको क्षमता अभिवृद्धि गर्न दुई दिने तालिम     |     भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न     |    
समाचार

देशभर मनसुनी वायुको प्रभाव कायम

४ आश्विन २०८१, शुक्रबार ०२:३४

४ असोज, काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ ।

सुनसरीको इनरुवा नगरपालिका माथि शुक्रबार बिहाननै देखि हुस्सु लागेको छ । त्यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँ पनि हुस्सुले ढाकोको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने  बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका एक/दुई स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्