Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
खेलकुद

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको तयारी

४ माघ २०८१, शुक्रबार ०७:०७

४ माघ, काठमाडौं। ललितपुर टेबलटेनिस क्लबको आयोजनामा सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता अर्को महिना हुने भएको छ ।

प्रतियोगिता फागुन १२ देखि १७ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक क्लबका सचिव निकेश जोशीले जनाएका छन् । ५ सय भन्दा बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको सचिव जोशीले बताए ।

सिनियर, जुनियर र भेट्रान गरी ९ स्पर्धा समावेश प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २३ हजार रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

जुनियर यु–१६ ब्वाइज÷गल्र्स सिंगल्समा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार हात पार्ने छन् । भेट्रान ४० वर्षमाथि पुरुष÷महिला सिंगल्स तथा ५५ वर्षमाथि पुरुष सिंगल्समा प्रथम हुनेले १० हजार, द्वितीयले ५ हजार र तृतीयले ३÷३ हजार नगद पुरस्कार पाउने छन् ।

टिम इभेन्टमा दर्ता शुल्क ५ हजार तथा भेट्रान र सिंगल्समा समान १–१ हजार कायम गरिएको छ । सहभागी हुन इच्छुकले फागुन ५ गतेसम्म नाम दर्ता गराइ सक्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्