Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको तयारी

४ माघ २०८१, शुक्रबार ०७:०७

४ माघ, काठमाडौं। ललितपुर टेबलटेनिस क्लबको आयोजनामा सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता अर्को महिना हुने भएको छ ।

प्रतियोगिता फागुन १२ देखि १७ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक क्लबका सचिव निकेश जोशीले जनाएका छन् । ५ सय भन्दा बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको सचिव जोशीले बताए ।

सिनियर, जुनियर र भेट्रान गरी ९ स्पर्धा समावेश प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २३ हजार रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

जुनियर यु–१६ ब्वाइज÷गल्र्स सिंगल्समा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार हात पार्ने छन् । भेट्रान ४० वर्षमाथि पुरुष÷महिला सिंगल्स तथा ५५ वर्षमाथि पुरुष सिंगल्समा प्रथम हुनेले १० हजार, द्वितीयले ५ हजार र तृतीयले ३÷३ हजार नगद पुरस्कार पाउने छन् ।

टिम इभेन्टमा दर्ता शुल्क ५ हजार तथा भेट्रान र सिंगल्समा समान १–१ हजार कायम गरिएको छ । सहभागी हुन इच्छुकले फागुन ५ गतेसम्म नाम दर्ता गराइ सक्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्