Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

आईएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु

४ माघ २०८१, शुक्रबार ०९:५१

४ माघ, काठमाडौं। धरहराको टिकट लिँदा डिजिटल वालेट आइएमई पे मार्फत रकम भुक्तानी गर्न सकिने भएको छ । नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो ।

डिजिटल वालेट ‘आईएमई पे’ अब धरहरा भ्रमणको निम्ति टिकट भुक्तानी पार्टनरको रुपमा रहनेछ। नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागू गरिएको थियो।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा भवन)द्वारा सञ्चालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीहरूले अनलाइन टिकट खरिद गर्न सक्नेछन्। टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आईएमई पे छनोट गरी टिकट बुक गर्न सकिने कम्पनीले जनाएको छ।

परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप लाभ प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्