Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

आईएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु

४ माघ २०८१, शुक्रबार ०९:५१

४ माघ, काठमाडौं। धरहराको टिकट लिँदा डिजिटल वालेट आइएमई पे मार्फत रकम भुक्तानी गर्न सकिने भएको छ । नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो ।

डिजिटल वालेट ‘आईएमई पे’ अब धरहरा भ्रमणको निम्ति टिकट भुक्तानी पार्टनरको रुपमा रहनेछ। नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागू गरिएको थियो।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा भवन)द्वारा सञ्चालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीहरूले अनलाइन टिकट खरिद गर्न सक्नेछन्। टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आईएमई पे छनोट गरी टिकट बुक गर्न सकिने कम्पनीले जनाएको छ।

परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप लाभ प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्