Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

राइड सेयरिङ एप ‘सजिलो’मा जोडिए क्याप्टेन विजय लामा आग्रह

४ माघ २०८१, शुक्रबार २३:५५

काठमाडौँ। स्वदेशी लगानीको नेपाली राइड शेयरिङ प्लेटफर्म ‘सजिलो’ ले ६ महिनाभित्र नेपालभर सेवा विस्तार गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा क्याप्टेन विजय लामा सह–संस्थापकको रूपमा जोडिएका छन् ।

लामाले सुरक्षित, सुलभ र सहज यात्राको अवधारणालाई प्राथमिकता दिँदै कम्पनीलाई अगाडि बढाउने विषयमा आफू कटिवद्ध रहेको बताए। ‘हामी अब अरूको एपमा निर्भर नभई आफ्नै स्वदेशी एप प्रयोग गरेर गन्तव्यमा पुग्नेछौं,’ उनले भने, ‘यसले हाम्रो आयस्रोत नेपालमै राख्न सहयोग प्रदान गर्नेछ।’

उनले स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पनि यो एप सहयोगी हुने विश्वास व्यक्त गरे। सजिलो राइड सेयरिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ)अमिर लामाले आफ्नो कम्पनीले बजारमा अन्य कम्पनीको भन्दा फरक सेवा प्रदान गर्ने जानकारी दिए। उनले एपका विशेषता र आगामी योजनाका बारेमा पनि बताए।

हाल कमिसन बिना नै सञ्चालन गरिरहेको सजिलोले अब भने कमिसन लिने भएको छ । सीईओ लामाका अनुसार फागुन १ गतेदेखि कमिसन लिने भएको छ । बाइकमा १० प्रतिशत, क्यापमा ५ प्रतिशत र हात्ती गाडीलाई ५ प्रतिशत कमिसन लिने तयारी रहेको छ । उक्त कमिसन बापतको १० प्रतिशत कोषमा राख्ने समेत तयारी भइरहेको छ । सजिलोले आगामी दिनमा फुड, पार्सल डेलिभरीको सेवा दिने तयारी गरिरहेको छ । यस्तो सेवा ६ महिनाभित्र सञ्चालन गर्ने उनले जानकारी दिए ।

सह–संस्थापकको रूपमा सजिलोमा भित्रिएका क्याप्टेन लामाले अब नेपालीहरूले नेपालको राइड शेयररिङ एपलाई साथ सहयोग गर्नुपर्ने उनले आग्रह गरे । लामाले भने, ‘यसमा विशुद्ध नेपालीको लगानी छ । यो नेपाली कम्पनी हो । यसलाई नेपालीहरूले नै साथ सहयोग गर्नु पर्छ । यहाँहरूको सहयोगले नेपाली कम्पनीले नयाँ उचाइ चुम्नेछ ।’

प्रतिक्रिया दिनुहोस्