Trending
नेपाल अफगानिस्तानसँग पराजित     |     ‘झरीपछिको इन्द्रेणी’को सेन्सर पास     |     टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी     |     जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे     |     भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’     |     नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत     |     चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |    
विज्ञान र प्रविधि

भारत मोबिलिटी एक्सपोमा ५० नयाँ गाडी सार्वजनिक

४ माघ २०८१, शुक्रबार २३:५८

काठमाडौँ। गाडीहरूको कुम्भमेला ‘भारत मोबिलिटी एक्स्पो, २०२५’ आजदेखि सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा मेलाको उद्घाटन गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक्स्पोको उद्घाटन गरे । उद्घाटनका क्रममा मोदीले भारतीय अटोमोटिभ उद्योग विशेष र भविष्यका निम्ति तयार रहेको बताए ।

जनवरी १७ देश २५ सम्म चल्ने एक्स्पोमा दर्जनौँ ब्रान्डका सवारीसाधन एवं अरू उत्पादन प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा अटोमोबाइल निर्माता, कम्प्पोनेन्ट निर्माता, इलेक्ट्रोनिक पार्ट्स, टायर, ऊर्जा स्टोरेजदेखि अटोमोटिभ सफ्टवेयर फर्म र रिसाइकल गर्नेहरूसम्मको सहभागिता छ ।

भारतको उद्योग तथा वाणिज्य मन्त्रालयको सहयोगमा आयोजित भारत मोबिलिटी ग्लोबल एक्स्पोको यो दोस्रो संस्करण हो । भारत मण्डपम, एस भूमि र ग्रेटर नोयडामा गरी तीन भेन्युमा एक्स्पो आयोजना गरिएको छ । प्रदर्शनी दुई लाख वर्गकिलोमिटरमा फैलिएको छ । प्रदर्शनीमा विभिन्न नौ शो लगातार राखिएको छ ।

भारत मोबिलिटी एक्सपोमा धेरै नयाँ मोडलका गाडीहरू प्रदर्शनमा राखिएका छन् । टाटाले सिएरा र कर्भ ईभीका नयाँ मोडल राखेको छ । मारुती सुजुकीले ई–भिटारा ल्याएको छ । यो मारुती सुजुकीको पहिलो विद्युतीय गाडी हो । जसले ५०० किलोमिटर रेन्ज दिने बताइएको छ ।

मर्सिडिज बेन्जले इलेक्ट्रिफाइड जी वागन सार्वजनिक गरेको छ । महिन्द्राले बीई–६ ई र एक्सइभी–९ ई एसयूभीलाई प्रदर्शनमा राखेको छ । मोबिलिटी एक्स्पोकै अवसरमा हुन्डाईले आफ्नो लोकप्रिय मोडल क्रेटाको ईभी भर्सन आजै सावर्जनिक गरेको छ । जुन चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । बीवाइडीले सिलायन ७ ईभी कार सार्वजनिक गरेको छ । नेपालमा गत भदौमा भएको नाडा अटो शोमा प्रदर्शनमा राखिएको भए पनि बिक्री वितरण भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्