Trending
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट     |     बराहतालमा नेपाल टेलिकमको टावर अनियमित     |     अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो     |     सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?     |     ‘कोशेढुंगा’ चलचित्रको तीज गीत सार्वजनिक     |     ‘होस्टेल ३’को समूहबाटै ‘होस्टेल अगेन’ घोषणा, यो पटक थ्रिलर कथा     |     एमाले केन्द्रीय बैठकमा विधान संशोधन र संगठन प्रस्तावमा बहस     |     साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई     |     पदम गिरीको दाबी : “मिसन ०८४” सफल बनाउन ओलीको निरन्तर नेतृत्व अपरिहार्य     |     आज सुनको मूल्य कति छ ?     |    
समाचार

इमरान खानलाई सरकारी जग्गा हिनामिना प्रकरणमा १४ वर्ष जेल सजाय

५ माघ २०८१, शनिबार ००:१६

५ माघ, काठमाडौं। पाकिस्तानको एक अदालतले सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय सुनाएको छ।

यसैगरी उनकी पत्नी बुशरा बीबीलाई सात वर्ष जेल सजायँ सुनाइएको छ। उनीहरूले राज्यकोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ हिनामिना गरेको आरोप छ।

शुक्रबार रावलपिन्डीको आदियाला जेल अदालतले इमरान खान र उनकी पत्नीलाई अलकादिर ट्रस्ट सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै जेल सजाय हुने फैसला सुनाएको हो । पूर्वप्रधानमन्त्री इमरान खान हाल जेलमै छन् । अदालतले उनी र उनकी पत्नीविरुद्ध १९० मिलियन पाउण्ड जरिवानाको सजाय पनि सुनाएको छ ।

अल कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा न्यायाधीश नासिर जावेद राणाले इमरान खानलाई १४ र उनकी पत्नी बुशरालाई ७ वर्ष जेल सजायँको फैसला सुनाएको द डनको अनलाइन संस्करणले जनाएको छ। यो मुद्दाको सुनुवाइ यसअघि तीन पटकसम्म स्थगित हुँदै आएको थियो।

ट्रस्टको जग्गा हिनामिना आरोपमा खान ९ मेमा पक्राउ परेका थिए। उनी अदिआला जेलमा बन्द छन्। सजायँ सुनाउँदा उनीहरूलाई अदालत उपस्थित गराइएको थियो। त्यसपछि उनीहरूलाई पुनः जेलमा पठाइएको थियो।

यो मुद्दामा अदालतले खानलाई १० लाख र उनकी श्रीमतीलाई ५ लाख रुपैयाँ जरिवाना समेत सुनाएको छ। यदि यो रकम बुझाउन नसके उनीहरूले थप ६ महिना जेलमा बस्नु पर्ने छ।

सरकारको आरोप अनुसार खान प्रधानमन्त्री बनेपछि जग्गा व्यवसायी रियाजलाई सम्पत्ती शुद्धीकरण मुद्दामा फसाइएको थियो। लण्डनबाट उनीबाट ४० अर्ब रुपैयाँ जफत गराइएको थियो। यो रकम बेलायत सरकारले पाकिस्तान सरकारलाई दिलाएको थियो। तर इमरान खानले त्यसको जानकारी मन्त्रिपरिषदलाई नगराएको र इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)को खातामा गोप्य तरिकाले पठाएको आरोप छ।

प्रतिक्रिया दिनुहोस्