Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटक प्रतिबन्धविरुद्धको अपिल खारेज

५ माघ २०८१, शनिबार ००:३३

काठमाडौँ। अमेरिकी सर्वोच्च अदालतले चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी सञ्चालन बिक्री गर्न वा आगामी आइतबारदेखि देशभर प्रतिबन्ध सामना गर्न सरकारले दिएको अल्टिमेटम सही भएको फैसला गरेको छ ।

आइतबारसम्म टिकटकको मूल चिनिया कम्पनी बाइटडान्सले प्लेटफर्म नबेचे अमेरिकामा प्रतिबन्धको सामना गर्नु पर्ने भएको हो । टिकटकले कानूनलाई चुनौति दिई गरेको अपिललाई सुप्रिम कोर्टले खारेज गरेर प्रतिबन्धको कानूनलाई यथावत राखेको छ ।

अमेरिकामा टिकटकका १७० मिलियन भन्दा बढी उपयोगकर्ता रहेका बताइन्छ । टिकटकको तर्क सर्वोच्च न्यायालयले सर्वसम्मतिले खारेज गरिदिएपछि वेब होस्टिङ्गबाटै प्लेटमर्फ हटाउनु पर्ने फसाद परेको हो । नभए टिकटकले तत्काल अमेरिकी संस्करणको लागि खरिदकर्ता खोज्नु पर्नेछ ।

ह्वाइटहाउसले आउने सोमबार कार्यभार सम्हाल्ने ट्रम्प प्रशासनले थप डण्डा लगाउने प्रतिक्रिया दिएको छ । ट्रम्पले डिजिटल प्लेटफर्मका सन्दर्भमा दीर्घकालिन निर्णय लिने कसम खाइसकेका छन् । टिकटकका सीईओ शो जी च्यूले ट्रम्पको शपथ समारोहमा विशिष्ट पाहुनाको रुपमा सहभागी हुने र ट्रम्प प्रशासनलाई टिकटक प्लेटफर्मलाई उपलब्ध राखिरहने प्रतिवद्धताका लागि गुहार माग्ने तयारी गरेका छन् ।

यद्यपी जनवरी २० मा अमेरिकामा डोनाल्ड ट्रम्पले शपथ लिएर कार्यकाल शुरु गर्ने भएकाले टिकटकमाथिको प्रतिबन्ध बारे अन्योलता बढेको छ । मिडिया रिपोर्टका अनुसार राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गर्ने अधिकार ट्रम्पमाथि छोड्ने भएका छन् ।

पछिल्लो समय ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउन नहुने पक्षमा रहेका छन् । तर उनले पछिल्लो घटनाक्रममा कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्