Trending
९८औँ ओस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस     |     कर्णाली राजमार्ग सञ्चालन     |     कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?     |     आज विश्वकर्मा पूजा     |     आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना     |     आज देशभर सार्वजनिक बिदा     |     यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर     |     बिहीबारदेखि पुनः शेयर कारोबार हुने     |     अवैध लागुऔषधसहित विमानस्थलबाट दुई भारतीय पक्राउ     |    
समाचार

अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटक प्रतिबन्धविरुद्धको अपिल खारेज

५ माघ २०८१, शनिबार ००:३३

काठमाडौँ। अमेरिकी सर्वोच्च अदालतले चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी सञ्चालन बिक्री गर्न वा आगामी आइतबारदेखि देशभर प्रतिबन्ध सामना गर्न सरकारले दिएको अल्टिमेटम सही भएको फैसला गरेको छ ।

आइतबारसम्म टिकटकको मूल चिनिया कम्पनी बाइटडान्सले प्लेटफर्म नबेचे अमेरिकामा प्रतिबन्धको सामना गर्नु पर्ने भएको हो । टिकटकले कानूनलाई चुनौति दिई गरेको अपिललाई सुप्रिम कोर्टले खारेज गरेर प्रतिबन्धको कानूनलाई यथावत राखेको छ ।

अमेरिकामा टिकटकका १७० मिलियन भन्दा बढी उपयोगकर्ता रहेका बताइन्छ । टिकटकको तर्क सर्वोच्च न्यायालयले सर्वसम्मतिले खारेज गरिदिएपछि वेब होस्टिङ्गबाटै प्लेटमर्फ हटाउनु पर्ने फसाद परेको हो । नभए टिकटकले तत्काल अमेरिकी संस्करणको लागि खरिदकर्ता खोज्नु पर्नेछ ।

ह्वाइटहाउसले आउने सोमबार कार्यभार सम्हाल्ने ट्रम्प प्रशासनले थप डण्डा लगाउने प्रतिक्रिया दिएको छ । ट्रम्पले डिजिटल प्लेटफर्मका सन्दर्भमा दीर्घकालिन निर्णय लिने कसम खाइसकेका छन् । टिकटकका सीईओ शो जी च्यूले ट्रम्पको शपथ समारोहमा विशिष्ट पाहुनाको रुपमा सहभागी हुने र ट्रम्प प्रशासनलाई टिकटक प्लेटफर्मलाई उपलब्ध राखिरहने प्रतिवद्धताका लागि गुहार माग्ने तयारी गरेका छन् ।

यद्यपी जनवरी २० मा अमेरिकामा डोनाल्ड ट्रम्पले शपथ लिएर कार्यकाल शुरु गर्ने भएकाले टिकटकमाथिको प्रतिबन्ध बारे अन्योलता बढेको छ । मिडिया रिपोर्टका अनुसार राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गर्ने अधिकार ट्रम्पमाथि छोड्ने भएका छन् ।

पछिल्लो समय ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउन नहुने पक्षमा रहेका छन् । तर उनले पछिल्लो घटनाक्रममा कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्