Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

सार्वजनिक नीतिसहित तीनवटा समितिको बैठक बस्दै

६ माघ २०८१, आईतवार ०२:०४

६ माघ,काठमाडौँ । संघीय संसद्अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ ।

जसअनुसार आज राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान १०ः३० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसद्मा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आव २०७९–०८०) का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा महान्यायाधिवक्तासँग छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्