Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

विल्सन, कश्यप र रिब्सलाई केएमसी बास्केटबल उपाधि

६ माघ २०८१, आईतवार ०२:२९

६ माघ, काठमाडौं। विल्सन एकेडेमी, कश्यप र रिब्सले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

विल्सन सिनियर ब्वाइज, कश्यप जुनियर ब्वाइज र रिब्स सिनियर गल्र्स च्याम्पियन बने । तीनै टोली प्रतियोगिताको नयाँ च्याम्पियन हुन् ।
बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा विल्सनले हेम्सलाई ४५–४१ को साँघुरो अन्तरले पराजित गर्यो । विल्सनको जितमा रेहान डंगोलले १९ अंक योगदान गरे । जुनियर ब्वाइज फाइनलमा एलेन लामाको १३ अंक सहयोगमा कश्यपले नेरिक एकेडेमीलाई ३२–२९ झीनो अन्तरले हरायो ।

कश्यपका एलेन लामाले १३ स्कोर गरे । सिनियर गल्र्सको उपाधि भिडन्तमा रिब्सले डिफेन्डिङ च्याम्पियन एनसीसीएसलाई ३५–२६ ले पाखा लगायो । खेल दुईपटक अत्तिरिक्त समयमा गएको थियो । रिब्सकी सुप्रिया मल्लले १५ स्कोर गरिन् ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय रेहान, एलेन र सुप्रिया आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा गोदावरी रेसिडेन्सियल स्कुल, जुनियर ब्वाइजमा काठमाडौं शिक्षालय र सिनियर गल्र्समा क्यान्भासले अनुशासित टिमको ट्रफी हात पारे ।

विजेतालाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, केएमसीका कार्यकारी निर्देशक ध्रुव भट्टराई, एसोसिएट निर्देशक प्रा.डा. मनोजकुमार थापा, शैक्षिक निर्देशक प्रा.डा रमेशप्रसाद भट्टराई, प्रिन्सिपल द्वारिकानाथ अम्गाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २७ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्