Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

काठमाडौं जिल्ला अदालतमा हाजिर भए पूर्वडीआईजी जोशी

६ माघ २०८१, आईतवार ०६:०८

६ माघ, काठमाडौं। पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त जोशी आइतबार अदालतमा उपस्थित भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

जोशीको बयान तथा थुनछेक बहस काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा हुनेछ । बयान तथा थुनछेकपछि जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ । जोशी गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक हुन् ।

स्वर्णलक्ष्मिी सहकारी को रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो प्रकरणमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने गत साता नै अदालतमा हाजिर भएका थिए ।

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीमा जोशीलाई ८८ लाख र लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको बयान गराइँदैछ। वयान सकिनासाथ थुनछेक वहस सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्