Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

काठमाडौं जिल्ला अदालतमा हाजिर भए पूर्वडीआईजी जोशी

६ माघ २०८१, आईतवार ०६:०८

६ माघ, काठमाडौं। पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त जोशी आइतबार अदालतमा उपस्थित भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

जोशीको बयान तथा थुनछेक बहस काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा हुनेछ । बयान तथा थुनछेकपछि जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ । जोशी गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक हुन् ।

स्वर्णलक्ष्मिी सहकारी को रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो प्रकरणमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने गत साता नै अदालतमा हाजिर भएका थिए ।

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीमा जोशीलाई ८८ लाख र लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको बयान गराइँदैछ। वयान सकिनासाथ थुनछेक वहस सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्