Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

अमेरिकामा टिकटक बन्द

६ माघ २०८१, आईतवार ०६:१३

६ माघ, काठमाडौं। संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द भएको छ।

अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा ‘तपाई अहिले टिकटक प्रयोग गर्न सक्नु हुन्न’ भन्ने सन्देश देखिरहेका छन् । यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानूनलाई उद्धृत गरेको छ ।

 टिकटकले एक सन्देश जारी गर्दै अमेरिकामा बन्द हुनुअघि आफैं अफलाइन भएको छ। अमेरिकी प्रयोगकर्ताहरूको लागि एपमा देखिएको एक सन्देशमा भनिएको छ टिकटक प्रतिबन्ध गर्ने कानून लागु भएको छ, जसको अर्थ ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न। हामी भाग्यशाली छौं कि राष्ट्रपति ट्रम्पले हामीलाई टिकटकलाई पुनः बहाल गर्ने कार्यका लागि साथ दिने संकेत दिएका छन्।

अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने बताएको थियो।

त्यसविरूद्ध परेको मुद्दामा शुक्रबार अमेरिकी उच्च अदालतले सरकारको सोही निर्णयको सदर गरेपछि अमेरिकामा टिकटक बन्द भएको हो।  अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो। टिकटक यस प्रतिबन्धबाट बच्न सक्छ । तर त्यसको मूल कम्पनी बाइटडान्सले अमेरिकामा कसैलाई आफ्नो कम्पनी बेच्नु पर्छ । यसबीच एलन मस्कले खरिद गर्ने चर्चा पनि सुरु भएको थियो । तर बाइटडान्सले टिकटक नबेच्ने कुरा पटक पटक दोहो¥याउँदै आएको छ ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने टिकटकमाथि लगाइएको प्रतिबन्ध ९० दिनसम्म छुट दिन सकिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्