Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

वार्षिक प्रतिवेदन छलफलमा प्रधानमन्त्री गएनन्, सरकारको ध्यानाकर्षण

६ माघ २०८१, आईतवार १२:०६

६ माघ, काठमाडौं। नेपाल सरकारको वार्षिक प्रतिवेदन छलफल गर्ने क्रममा प्रधानमन्त्री उपस्थित नभएको भन्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा सभापति सभापति ठाकुरप्रसाद गैरेले सरकारको वार्षिक प्रतिवेदन छलफल गर्ने क्रममा प्रधानमन्त्री उपस्थित नभएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन्।

उनले समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्री अनिवार्य हुनुपर्ने अभ्यास रहेको अवगत गराए। समितिले आर्थिक वर्ष २०७९/०८० नेपाल सरकारको वार्षिक प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको थियो। सभापति गैरेले सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन आउन ढिलाइ भएकोप्रति ध्यानाकर्षण भएको बताए।

बैठकमा मुख्यसचिव एकनारायण अर्यालले आगामी दिनमा सरकारका तर्फ प्रतिनिधित्व गर्ने विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउने बताए। उनले तीन तहका सरकारबिच देखिएका असमझदारीलाई अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन तयार पारेको उल्लेख गरे। मुख्यसचिव अर्यालले संघीयतालाई बलियो बनाउनका लागि आवश्यक कानुनलाई छिटो अघि बढाउनुपर्नेमा जोड दिए।

छलफलमा सांसदहरूले सरकारको प्रतिवेदन ढिलो प्राप्त भएको र सरकारका मन्त्रीहरूले समेत समितिलाई बेवास्ता गरेको धारणा राखेका थिए। माओवादी मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री वा सरकारका कुनै मन्त्री आउनुपर्ने व्यवस्थाबारे ध्यानाकर्षण गराएका थिए। उनले सरकारले ल्याएको अध्यादेशका बारेमा समेत आशङ्का व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्