Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सुजीको हलुवासहितको बिहे भोज खाँदा ५७ जना बिरामी

७ माघ २०८१, सोमबार ०४:२४

७ माघ, डोटी। डोटीको आदर्श गाउँपालिका-१ टाँगमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन् । स्थानीय नरबहादुर विककी छोरीको विवाहमा सहभागी भएकाहरूमा स्वास्थ्य समस्या देखिएको हो ।

भोज खाएका व्यक्तिहरूमा ज्वरो, वान्ता, रिंगटा, पखाला र बेहोस हुने समस्या देखिएको आदर्श गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बमबहादुर खड्काले जानकारी दिए ।

बिरामी ३० जनाको शनिबार र ६० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा उपचार गरिएको छ । उपचारमा गाउँपालिकाका एमबिबिएस डाक्टरसहित १३ जनाको स्वास्थ्य टोली खटिएको छ । अधिकांश बिरामीलाई उपचारपछि घर फर्काइएको र केहीको उपचार जारी रहेको छ ।

विवाहको भोजमा खाइएको सुजी (हलुवा) का कारण यस्तो समस्या देखिएको अनुमान गरिएको छ । बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्