Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

सुजीको हलुवासहितको बिहे भोज खाँदा ५७ जना बिरामी

७ माघ २०८१, सोमबार ०४:२४

७ माघ, डोटी। डोटीको आदर्श गाउँपालिका-१ टाँगमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन् । स्थानीय नरबहादुर विककी छोरीको विवाहमा सहभागी भएकाहरूमा स्वास्थ्य समस्या देखिएको हो ।

भोज खाएका व्यक्तिहरूमा ज्वरो, वान्ता, रिंगटा, पखाला र बेहोस हुने समस्या देखिएको आदर्श गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बमबहादुर खड्काले जानकारी दिए ।

बिरामी ३० जनाको शनिबार र ६० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा उपचार गरिएको छ । उपचारमा गाउँपालिकाका एमबिबिएस डाक्टरसहित १३ जनाको स्वास्थ्य टोली खटिएको छ । अधिकांश बिरामीलाई उपचारपछि घर फर्काइएको र केहीको उपचार जारी रहेको छ ।

विवाहको भोजमा खाइएको सुजी (हलुवा) का कारण यस्तो समस्या देखिएको अनुमान गरिएको छ । बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्