Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रियाल मड्रिड स्पेनिश ला लिगाको शीर्ष स्थानमा

७ माघ २०८१, सोमबार ०४:३०

७ माघ,काठमाडौं। केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला-लिगामा सहज जित हासिल गरेको छ।

आइतबार राती भएको खेलमा रियलले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४-१ ले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पे बाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे।

खेलको ३३औं मिनेटमा डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। त्यसको ३ मिनेट पछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे। रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे। जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ। समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ।

समान खेलमा ३९ अंकका साथ बार्सीलोना तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्