Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

रियाल मड्रिड स्पेनिश ला लिगाको शीर्ष स्थानमा

७ माघ २०८१, सोमबार ०४:३०

७ माघ,काठमाडौं। केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला-लिगामा सहज जित हासिल गरेको छ।

आइतबार राती भएको खेलमा रियलले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४-१ ले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पे बाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे।

खेलको ३३औं मिनेटमा डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। त्यसको ३ मिनेट पछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे। रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे। जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ। समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ।

समान खेलमा ३९ अंकका साथ बार्सीलोना तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्