Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

५९ नेता–कार्यकर्ताले एमाले छाडे, भीम रावललाई साथ दिने घोषणा

७ माघ २०८१, सोमबार ०४:४५

७ माघ, काठमाडौं। नेकपा (एमाले) को विभिन्न जिम्मेवारीमा रहेका ५९ जना नेता तथा कार्यकर्ताले  पार्टी परित्याग गरी भीम रावललाई साथ दिने घोषणा गरेका छन् ।

सोमबार विज्ञप्ती जारी गरेर एमालेका विभिन्न विभाग र कमिटीमा रहेका ५९ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन्। एमाले त्यागेर रावलको अभियानलाई साथ दिनेहरूमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दूधकला विष्ट, केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, प्रदेश कमिटी आथिक विभाग सदस्य दीपक सुनार, सुदूरपश्चिम प्रदेश सल्लाहकारहरू हर्क कुँवर, सुशीला बोगटी र सुरथ भुललगायत छन् ।

उनीहरूले भीम रावललाई पार्टीको संगठित सदस्यता खोस्नुलाई अध्यक्ष केपी शर्मा ओलीको स्वेच्दछाचारी र निरंकुश निर्णय भनेका छन्। नेकपा (एमाले) को यही पुस १० गते बसेको सचिवालय बैठकले पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रावललाई पाटीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

एमालेले कारबाही गरेसँगै रावलले मातृभूमि अभियान घोषणा गरेर एमालेभित्रका र अन्य दलका असन्तुष्ट पक्षलाई समेट्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्