Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

५९ नेता–कार्यकर्ताले एमाले छाडे, भीम रावललाई साथ दिने घोषणा

७ माघ २०८१, सोमबार ०४:४५

७ माघ, काठमाडौं। नेकपा (एमाले) को विभिन्न जिम्मेवारीमा रहेका ५९ जना नेता तथा कार्यकर्ताले  पार्टी परित्याग गरी भीम रावललाई साथ दिने घोषणा गरेका छन् ।

सोमबार विज्ञप्ती जारी गरेर एमालेका विभिन्न विभाग र कमिटीमा रहेका ५९ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन्। एमाले त्यागेर रावलको अभियानलाई साथ दिनेहरूमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दूधकला विष्ट, केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, प्रदेश कमिटी आथिक विभाग सदस्य दीपक सुनार, सुदूरपश्चिम प्रदेश सल्लाहकारहरू हर्क कुँवर, सुशीला बोगटी र सुरथ भुललगायत छन् ।

उनीहरूले भीम रावललाई पार्टीको संगठित सदस्यता खोस्नुलाई अध्यक्ष केपी शर्मा ओलीको स्वेच्दछाचारी र निरंकुश निर्णय भनेका छन्। नेकपा (एमाले) को यही पुस १० गते बसेको सचिवालय बैठकले पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रावललाई पाटीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

एमालेले कारबाही गरेसँगै रावलले मातृभूमि अभियान घोषणा गरेर एमालेभित्रका र अन्य दलका असन्तुष्ट पक्षलाई समेट्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्