Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

भरतपुर सडकमा पछारेर प्रहरीले युवकलाई दिए बुटै बुटको बर्बर यातना, छानबिन समिति गठन

७ माघ २०८१, सोमबार ०४:५४

७ माघ, काठमाडौं। सामाजिक सञ्जालमा सोमबार बिहानैदेखि एक प्रहरीले युवकमाथि दिएको बर्बर यातनाको भिडिओ बाहिरिएपछि छानबिन समिति गठन भएको छ।

प्रहरीले कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान गर्न थालेको हो ।

भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडक पेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटक पटक हानेको भिडियोमा छ ।

‘कसलाई फोन गर्छस् गर’ भन्ने आवज समेत भिडिओमा छ। एसपी मिश्रका अनुसार थाहा पाउनासाथ सम्बन्धित प्रहरी र स्थानका बारेमा पहिचान गरेर घटनाका विषयमा जानकारी लिने काम हुँदैछ।

डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ। कतिपय अधिकारीले भने उक्त भिडिओ पुरानो भएको समेत दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्