Trending
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन     |     संविधान दिवसमा टेलिकमको ‘अफर’     |     प्रधानमन्त्री कार्की – मोदी टेलिफोन वार्ता     |     राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश     |     दुर्घटनामा दुई जनाको मृत्यु, २२ जना घाइते     |     ९८औँ ओस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस     |     सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार     |     कर्णाली राजमार्ग सञ्चालन     |     कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?     |    
समाचार

भरतपुर सडकमा पछारेर प्रहरीले युवकलाई दिए बुटै बुटको बर्बर यातना, छानबिन समिति गठन

७ माघ २०८१, सोमबार ०४:५४

७ माघ, काठमाडौं। सामाजिक सञ्जालमा सोमबार बिहानैदेखि एक प्रहरीले युवकमाथि दिएको बर्बर यातनाको भिडिओ बाहिरिएपछि छानबिन समिति गठन भएको छ।

प्रहरीले कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान गर्न थालेको हो ।

भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडक पेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटक पटक हानेको भिडियोमा छ ।

‘कसलाई फोन गर्छस् गर’ भन्ने आवज समेत भिडिओमा छ। एसपी मिश्रका अनुसार थाहा पाउनासाथ सम्बन्धित प्रहरी र स्थानका बारेमा पहिचान गरेर घटनाका विषयमा जानकारी लिने काम हुँदैछ।

डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ। कतिपय अधिकारीले भने उक्त भिडिओ पुरानो भएको समेत दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्