Trending
हालान्डको दुई गोलले म्यानचेस्टर सिटीको सहज जित     |     सुनको मूल्य घट्यो     |     डेढ महिनामा सात हजार पर्यटक भित्रिए     |     आज काग तिहार मनाइँदै     |     यस्तो रहनेछ तिहारमा मौसम     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक     |     नेपाललाई विश्वकप छनोटको उपाधि     |     महिला फुटबलः नेपाल थाइल्याण्डसँग पराजित     |     चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक     |    
विज्ञान र प्रविधि

अमेरिकामा फेरि चल्न थाल्यो टिकटक

७ माघ २०८१, सोमबार ०५:०१

७ माघ, काठमाडौं। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ ।

ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो । यसअघि आइतबार टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो ।

अमेरिकाको संघीय अदालतले टिकटकलाई १९ जनवरीसम्म आफ्नो पेटेन्ट कम्पनी बाइटडान्डसको सेयर बेच्न भनेको थियो । योसँगै आइतबार अमेरिकाका अधिकांश उपभोक्ताको फोनमा टिकटकले काम गर्न छाडेको थियो ।

सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्