Trending
जमिन्द्रमान घलेको प्रश्नः पृथ्वी सुब्बा गुरुङ जतिपटक उठे पनि अरू पार्टीलाई किन टाउको दुखाइ ?     |     बाल विकास बोर्डिङ हाई स्कुलमा भव्यताका साथ विद्यालय महोत्सव सम्पन्न     |     टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो     |     सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता     |     झापा गोल्डकपः एपिएफ फाइनलमा     |     सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता     |     भोजपुरको टेम्के डाँडामा छायाङ्कन गरिएको ‘मायाजाल मोहनी’ सार्वजनिक     |     सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते     |     म राजनीतिमा आउँदिनः अभिनेता निखिल उप्रेती     |     रणवीर सिंहलाई ज्यान मार्ने धम्की     |    
समाचार

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

७ माघ २०८१, सोमबार ०५:२९

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् । प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थान (Insurance Institute of India III)मा माघ ७ गते देखि ९ गते सम्म संचालन हुने छ ।

भारतीय बीमा संस्थान बीमा शिक्षा र तालिममा समर्पित भारतको एक प्रमुख राष्ट्रिय संस्था हो । यस संस्थानले व्यावसायिक प्रमाणपत्रहरू प्रदान गर्ने र विभिन्न परीक्षाहरू सञ्चालन गर्दछ । यसले भारत र भारत बाहिरका बीमा क्षेत्रमा आबद्ध व्यक्तिहरुको सीप र ज्ञान बढाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यस ३ दिने कार्यक्रममा बिमामा आबद्ध कर्मचारीहरूको लागि अपरिहार्य व्यवहारिक ज्ञान तथा सीप वृद्धि विकास गर्ने खालका प्रशिक्षण सामग्रीहरू समावेश गरिएका छन् । जस अन्तर्गत बजार प्रवद्र्धन तथा बिक्री, वितरण माध्यम व्यवस्थापन, संचार कौशलता, व्यवहारिक अन्तरक्रिया र परामर्शका विषयहरू रहेका छन् ।

सहभागीहरू प्रस्थान गर्नु अगाडी बिदाई कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणका लागि छनौट हुन सफल कर्मचारीहरूलाई बधाई दिँदै यस प्रकारका अन्तर्राष्ट्रिय तालिमले कर्मचारीहरूको वृद्धि विकासमा उल्लेखनीय योगदान पुर्याउने हुँदा कार्यक्रममा सिकाइएका ज्ञानलाई उचित ढङ्गले ग्रहण गर्दै यसलाई व्यक्तिगत र कम्पनीको व्यवसाय विकासमा उपयोग गर्नुपर्ने बताए।

साथै आफूले सिकेका ज्ञानबद्र्धक कुराहरू अन्य कर्मचारीहरूसंग साटासाट गर्न निर्देश दिनुभयो । प्रशिक्षणमा सहभागी हुन कम्पनीका शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक, र प्रदेश प्रमुखहरू सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्