Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

संसदको हिउँदे अधिवेशन माघ १८ देखि बोलाउने तयारी

७ माघ २०८१, सोमबार ०८:५०

७ माघ, काठमाडौं। सरकारले संसदको दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने तयारी गरेको छ।

गत भदौं ३० बाट अन्त्य भएको सदन ५ महिना हुँदा पनि नबोलाएको भन्दै आलोचना बढेपछि सरकारले हिउँदे अधिवेशन बोलाउने तयारी थालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिष्द्को कार्यालय स्रोतका अनुसार माघ १८ गतेबाट हिउँदे अधिवेशन बोलाउने तयारी छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। त्यसैले सोमबार बस्ने मन्त्रिपरिषद बैठकले माघ १८ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको हो।

यो भेटमा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्