Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

संसदको हिउँदे अधिवेशन माघ १८ देखि बोलाउने तयारी

७ माघ २०८१, सोमबार ०८:५०

७ माघ, काठमाडौं। सरकारले संसदको दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने तयारी गरेको छ।

गत भदौं ३० बाट अन्त्य भएको सदन ५ महिना हुँदा पनि नबोलाएको भन्दै आलोचना बढेपछि सरकारले हिउँदे अधिवेशन बोलाउने तयारी थालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिष्द्को कार्यालय स्रोतका अनुसार माघ १८ गतेबाट हिउँदे अधिवेशन बोलाउने तयारी छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। त्यसैले सोमबार बस्ने मन्त्रिपरिषद बैठकले माघ १८ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको हो।

यो भेटमा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्