Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

७ माघ २०८१, सोमबार ०८:५७

७ माघ, काठमाडौं। बाराको भवानीपुर जीतपुरका तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँ बराबर आर्थिक हिनामिना गरेको पाइएकाले मुद्दा दायर गरेको अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार उनले साविक साविकको आदर्श गा.वि.स. भवानीपुर जीतपुर (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको अख्तियारको आरोप छ ।

यस्तै सटरहरुबाट उपलब्ध भएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको आर्थिक वर्ष २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ नबुझाएको अख्तियारको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्