Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

चार संसदीय समितिको बैठक बस्दै

४ आश्विन २०८१, शुक्रबार ०२:५८

४ असोज, काठमाडौँ। आज विभिन्न चार संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी विषयमा छलफल हुने बताइएको छ । बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठनका विषयमा छलफल हुनेछ ।

दिउसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्