Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

रित्तो गाग्री प्रहरीले लगेपछि खाली हात सिंहदरबार छिरे धरानका मेयर

८ माघ २०८१, मंगलवार ०७:०४

८ माघ, काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबारस्थित खानेपानी मन्त्रालय पुगेका छन् ।

मंगलबार सिंहदरबार अगाडि पुगेका साम्पाङको रित्तो गाग्री प्रहरीले खोसेपछि उनी रित्तो गाग्रीबिनै सिंहदरबार छिरेका हुन्।

धरानमा खानेपानीको लागि दबाब दिन भन्दै साम्पाङ प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न उनी सिंहदरबार पुगेका हुन्। साम्पाङ रित्तो गाग्री लिएर सोमबार काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस्