Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
खेलकुद

उपत्यकाव्यापी कराँते प्रतियोगिता फागुनमा हुने

८ माघ २०८१, मंगलवार ११:२३

८ माघ, काठमाडौँ। दोस्रो अन्तराष्ट्रिय साथै पाँचौ मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समुह, नवौं केबिन रोहन स्मृति उपत्यकाव्यापी क्योकुशिन काइकान अलाइड फुलकन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आउँदो फागुन ९ र १० गते दक्षिणकाली नगरपालिका वडा नं.१ चाल्नाखेलमा हुन गइरहेको हो । विभिन्न तौल समुहमा विभाजन गरी पुरुष र महिला नेपाली तथा विदेशीगरी जम्मा ३०० खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेको अध्यक्ष विनोद गुरुङले पत्रकार सम्मेलन गरी जानकारी गराए ।

सो कराते संघले खेलकुदको गतिविधिलाई प्रमुख रुपमा अगाडि बढाई यो प्रतियोगित प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । हालै मित्र राष्ट्र भारतमा भएको २०२४ को अन्तराष्ट्रिय प्रतियोगितमा यस संघका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी सफल नतिजा ल्याएका थिए ।

सो कार्यक्रम दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यमा सो पत्रकार सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको प्रथम साधरण सभा तथा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले खेल स्वस्थ रहनको लागि पहिलो व्ययाम हो भने समाज अनुशासित बन्नको लागि र स्वच्छ समाज निर्माणको लागि खेल अत्यन्त महत्वपुर्ण भुमिका रहेको बताए ।

सो खेल सम्पन्न गर्नको लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने पनि बताए । वडा अध्यक्ष जय थापा मगर, संरक्षक कृष्ण गुरुङलगायतले उक्त कार्यक्रममा आफुहरुको साथ सहयोग रहने जानकारी गराउँदै खेल सभ्य र भव्यरुपमा सम्पन्न गर्नको लागि शुभकामना व्यस्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्