Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

उपत्यकाव्यापी कराँते प्रतियोगिता फागुनमा हुने

८ माघ २०८१, मंगलवार ११:२३

८ माघ, काठमाडौँ। दोस्रो अन्तराष्ट्रिय साथै पाँचौ मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समुह, नवौं केबिन रोहन स्मृति उपत्यकाव्यापी क्योकुशिन काइकान अलाइड फुलकन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आउँदो फागुन ९ र १० गते दक्षिणकाली नगरपालिका वडा नं.१ चाल्नाखेलमा हुन गइरहेको हो । विभिन्न तौल समुहमा विभाजन गरी पुरुष र महिला नेपाली तथा विदेशीगरी जम्मा ३०० खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेको अध्यक्ष विनोद गुरुङले पत्रकार सम्मेलन गरी जानकारी गराए ।

सो कराते संघले खेलकुदको गतिविधिलाई प्रमुख रुपमा अगाडि बढाई यो प्रतियोगित प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । हालै मित्र राष्ट्र भारतमा भएको २०२४ को अन्तराष्ट्रिय प्रतियोगितमा यस संघका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी सफल नतिजा ल्याएका थिए ।

सो कार्यक्रम दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यमा सो पत्रकार सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको प्रथम साधरण सभा तथा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले खेल स्वस्थ रहनको लागि पहिलो व्ययाम हो भने समाज अनुशासित बन्नको लागि र स्वच्छ समाज निर्माणको लागि खेल अत्यन्त महत्वपुर्ण भुमिका रहेको बताए ।

सो खेल सम्पन्न गर्नको लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने पनि बताए । वडा अध्यक्ष जय थापा मगर, संरक्षक कृष्ण गुरुङलगायतले उक्त कार्यक्रममा आफुहरुको साथ सहयोग रहने जानकारी गराउँदै खेल सभ्य र भव्यरुपमा सम्पन्न गर्नको लागि शुभकामना व्यस्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्