Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

टर्कीको एक होटलमा आगलागी : ७६ जनाको मृत्यु

९ माघ २०८१, बुधबार ०३:३६

९ माघ, एजेन्सी । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । आगलागीमा ५० बढी घाइते भएका छन् ।

टर्कीका स्वास्थ्यमन्त्री कमल मेमिसोग्लुले आगलागीमा ५१ जना घाइते भएका बताएका छन्। यीमध्ये एक जना आइसीयू मा छन्। यसबाहेक, १७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

यो आगो नियन्त्रणमा लिन १२ घण्टा लागेको थियो। टर्कीका कानूनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन्। पक्राउ पर्नेहरूमा रिसोर्टका मालिक पनि छन्।

बोलुको १२ तले ग्रान्ड कार्टल होटलमा मंगलबार स्थानीय समय अनुसार बिहान ३:२७ बजे आगलागी भएको थियो। होटलमा २३४ जना बसिरहेका थिए। बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्