Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

टर्कीको एक होटलमा आगलागी : ७६ जनाको मृत्यु

९ माघ २०८१, बुधबार ०३:३६

९ माघ, एजेन्सी । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । आगलागीमा ५० बढी घाइते भएका छन् ।

टर्कीका स्वास्थ्यमन्त्री कमल मेमिसोग्लुले आगलागीमा ५१ जना घाइते भएका बताएका छन्। यीमध्ये एक जना आइसीयू मा छन्। यसबाहेक, १७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

यो आगो नियन्त्रणमा लिन १२ घण्टा लागेको थियो। टर्कीका कानूनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन्। पक्राउ पर्नेहरूमा रिसोर्टका मालिक पनि छन्।

बोलुको १२ तले ग्रान्ड कार्टल होटलमा मंगलबार स्थानीय समय अनुसार बिहान ३:२७ बजे आगलागी भएको थियो। होटलमा २३४ जना बसिरहेका थिए। बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्