Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

घरसँगै जल्यो भेडाबाख्रा बेचेर जम्मा गरेको चार लाख

४ आश्विन २०८१, शुक्रबार ०४:१०

४ असोज, रोल्पा। रोल्पाको एक गोठमा आगलागी हुँदा नगद चार लाख रुपैयाँ जलेर क्षति भएको छ।

थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा चार लाख नगद जलेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए।

उनका अनुसार ढुङ्गा र माटोले बनेको, खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको हो।नोटहरूको आधा भाग जलेको अवस्थामा फेला परेको छ। आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले बताए।

चुलोमाथि दाउरा सुकाउन राखेको समयमा सोहीबाट सल्किएर आगलागी भएको शाहीले बताए। आगलागी हुँदा घरका सदस्य भने मेलापात गएका थिए।आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल २ थान, खाद्यान्न लागायतका सामान जल्दा झण्डै ६ लाख २० हजार बराबरको क्षति भएको छ।घटनास्थल सदरमुकामबाट ६ घन्टाको दुरीमा पर्छ।

‘रुपैयाँ पूर्णरुपमा जलेको छैन। आधा भाग जस्तो जलेको छ,’ डीएसपी लामाले भने, ‘त्यो रुपैयाँ राष्ट्र बैंकले साट्दिन्छ। हामीले त्यो जानकारी उहाँहरुलाई गराएका छौँ।’

प्रतिक्रिया दिनुहोस्