Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

घरसँगै जल्यो भेडाबाख्रा बेचेर जम्मा गरेको चार लाख

४ आश्विन २०८१, शुक्रबार ०४:१०

४ असोज, रोल्पा। रोल्पाको एक गोठमा आगलागी हुँदा नगद चार लाख रुपैयाँ जलेर क्षति भएको छ।

थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा चार लाख नगद जलेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए।

उनका अनुसार ढुङ्गा र माटोले बनेको, खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको हो।नोटहरूको आधा भाग जलेको अवस्थामा फेला परेको छ। आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले बताए।

चुलोमाथि दाउरा सुकाउन राखेको समयमा सोहीबाट सल्किएर आगलागी भएको शाहीले बताए। आगलागी हुँदा घरका सदस्य भने मेलापात गएका थिए।आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल २ थान, खाद्यान्न लागायतका सामान जल्दा झण्डै ६ लाख २० हजार बराबरको क्षति भएको छ।घटनास्थल सदरमुकामबाट ६ घन्टाको दुरीमा पर्छ।

‘रुपैयाँ पूर्णरुपमा जलेको छैन। आधा भाग जस्तो जलेको छ,’ डीएसपी लामाले भने, ‘त्यो रुपैयाँ राष्ट्र बैंकले साट्दिन्छ। हामीले त्यो जानकारी उहाँहरुलाई गराएका छौँ।’

प्रतिक्रिया दिनुहोस्