Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
खेलकुद

विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

९ माघ २०८१, बुधबार ०७:०६

९ माघ, काठमाडौँ। आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज अष्ट्रेलियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो ।

नेपाली युवा टोलीमा कप्तान पूजा महतासँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृसना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।

नेपालले महिला विश्वकपमा पहिलोपटक सहभागिताको मौका पाएको हो । नेपालले बंगलादेशलाई पराजित गर्न सके प्रतियोगिताको सुखद् सुरुआत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्