Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

भरूवा बन्दुकसहित एक जना पक्राउ

९ माघ २०८१, बुधबार ०७:१३

९ माघ,मकवानपुर। मनहरी गाउँपालिका-९ हरियाली सामुदायिक जंगलबाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

राक्सिराङ गाउँपालिका-१ गडुवानका ५२ वर्षीय जित बहादुर थिङलाई प्रहरीले बन्दुकसहित मंगलबार साँझ पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट भरूवा बन्दुक १ थान, खकुरी १ थान, गोली जस्तो देखिने फलामको वस्तु ३३ थान, बल बेरिङ १३ थान, छर्रा २४ थान र बारूद ३ सय ५ ग्राम बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्