Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

यू-१९ विश्वकपबाट बाहिरियो नेपाल, अस्ट्रेलियाविरुद्ध ८३ रनले पराजित

९ माघ २०८१, बुधबार १०:२१

९ माघ, काठमाडौं। आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।

बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो । समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन ।

मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले अष्ट्रेलियालाई बलियो चुनौति दिन सकेन । अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याउने छनक नेपालले कहिले पनि देखाएन । ब्याटरहरुले जित्ने भन्दा पनि २० ओभर टिक्ने रणनीति बनाएका थिए ।

नेपालले पूरै ओभर खेले पनि ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले फेरि एकपटक सर्वाधिक १८ रन बनाइन् । तर, उनको ब्याटिङ शैली भने प्रश्नयोग्य थियो । टेस्ट जसरी खेलेकी पूजाले ४२ बलको सामना गर्दा एउटा पनि बाउन्ड्री निकाल्न सकिनन् । उनी लुज सट खेलेर आउट भइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्