Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

माउन्टेन इभी र टिएमआई प्रयोगकर्ताका लागि विशेष अफर

१० माघ २०८१, बिहीबार ०४:५७

काठमाडौँ। एमएडब्ल्यू वृद्धीले माउन्टेन ईभी र टीएमआईका साैखिनहरूका लागि एक विशेष योजना ल्याएको छ । जसले आविष्कार र साहसिक कार्यका नियमहरूलाई पुनर्लेखन गर्नेछ।

यो अभियानले उन्नत प्रविधि र अतुलनीय लाभहरूको पहिले कहिल्यै नभएको मिश्रणको साथ ड्राइभिङ र अपनत्व अनुभवहरू गराउनेछ ।यस योजनाअन्तर्गत ग्राहकहरूले माउन्टेन ईभी र टीएम १ मोडलहरू खरिद गर्दा ८० प्रतिशतसम्म वित्तीय सहायताको सुविधा पाउनेछन्।

माउन्टेन ईभीको लागि न्यूनतम डाउन पेमेन्ट ९.९९ लाख रुपैयाँ र टीएम १ को लागि ५.९९ लाख रुपैयाँ मात्र तोकिएको छ, जसले विद्युतीय सवारीको स्वामित्वलाई थप सुलभ र किफायती बनाएको छ।

यसका साथै, ग्राहकहरूले एक वर्षको निःशुल्क बीमा, आर्थिक वर्ष २०८१/८२ का लागि सडक कर छुट, र घरमै सजिलै चार्ज गर्न ७ किलोवाट क्षमताको निःशुल्क चार्जरको सुविधा पाउनेछन्।

यस योजनामा थप आकर्षणस्वरूप, खरिदकर्ताले निःशुल्क एक्सेसरिज र ‘टप–अप वेस्ट भ्यालुएसन बोनस’ जस्ता विशेष लाभ पाउनेछन्, जसले उनीहरूको लगानीलाई अझ मूल्यवान बनाउनेछ।​ एमएडब्ल्यू वृद्धिले यो योजना विद्युतीय सवारी साधनको लोकप्रियता बढाउँदै नेपालमा नवप्रवर्तन र वातावरणमैत्री यात्रा प्रवर्द्धन गर्न ल्याएको हो।​

प्रतिक्रिया दिनुहोस्